Monday, April 11, 2011

एक चेउली भेट

दिदीहरुले दुई-तीन दिन लगाएर म्याङ्लुङ्ग बजार भन्दा अलि तलको गाउँदेखि ढाँड पिल्याउँदै  बोकेर ल्याएको रातोमाटोले लेकको जाडोमा कक्रिएका हातहरुसंग घरको भित्ता लिपिएपछि घरको भित्ता मेरो निमित्त नक्शा र अक्षरहरु कोर्ने सादा र उपयुक्त पाना बन्थ्यो l सिन्का र कोइलाले पालामका थेगो र टुक्रा, चराचुरुंगी, मान्छे, घाम, फूल आदि इत्यादि कोरेर  उहाँहरुलाई साह्रै सताउँथें l त्यै पिराहा आज डिजिटलका भित्ताहरु यसरी कोर्दैछु l


बुवा-आमाको लिम्बू साहित्यिक बोलचाल, लिम्बू परिवार,समाज, प्रकृति र मेरो आचरणले नै  साहित्य-संगीत-कलामा मलाई नजानिदो गरी यसरी  घोलिदियो कि औपचारिक साहित्य लेखन र चित्रकरिताको दुईदशकमा देखिएको मेरो सिर्जनशील यात्रामा साहित्य र कलाको विथीमा यो ब्लग एउटा सानो प्रस्तुति मात्र हो l त्यो भन्दा पनि अर्को एक अविस्मरणीय कुरा- मैले त नेपाली लिपी पनि काठको सानो फल्याकमा धूलो राखेर डिको( बाँस-काठको सानो सिन्को)ले कोर्दै बाह्रखरी र चित्रकारिता  धूलो मै सुरु गरेको थिएँ l आजको यो अत्याधुनिक डिजिटल दुनियामा मैले मेरो साहित्य र कलालाई यसरी विश्व समुदायमा प्रस्तुत गर्न पाउँदा मेरो मन मलमल र आल्हादित छ l 


अमूर्त रुप मै साहित्य र कलामा चलेको मेरो उपद्रो र चकचकलाई अमूर्तबोधी दर्शनले  असिम सिर्जनशिलतामा भेट्दा प्राप्त भएको बोधीसत्वलाई  जीवन र गजतमयी रुपमा मैले ग्रहण गर्न पाएँ l कुरुप सौन्दर्य मिमांसा र दुरुमार्गी पथले मेरो साहित्य र कलामा दिशानिर्देश गर्दै आयो l जसलाई मैले ईमान्दारीपूर्वक यहाँ पस्किएकोछु   l

Sunday, April 10, 2011

                                                                       Beyond Nepal
                                                                 70 * 90 Oil on Canvass
'' मानसिक तनाब, सक र पिरलो उत्पन्न गराउने सम्बन्ध, व्यक्ति, विषय र तत्वहरुलाई  इन्कार गर्दै जाऊ र जीवनलाई एकपल सुखी भेट ! आश्वासनले जीवनभर शासन गर्छ र रोगी बनाउँछ l त्यसैले लोभ-लालच देखाउनेहरुलाई बहिस्कार गर l जसले स्वाबलम्बी बनाउँछ l सुख अरुबाट कहिल्यै प्राप्त हुँदैन, जो आफैंभित्रबाट उत्खनन गरेर लिनु पर्छ l ''- 'Abstract Bangkok'
हरपल छातीमा
माछापुछ्रे सजाएर
डेविडफल्समा फाल हान्छौ-बिचरी फेवा !
भूईंकुहिरो झैं  उडेर आऊ..उँभो-उँभो
म पनि पुनहिल र छोम्रोङ्गमा
घस्रिदै जाँदैछु लस्रक-लस्रक ! 
उकालै-उकालो !

Saturday, April 9, 2011

फ्युजन प्रतिविम्ब- बोध: गवेषण

                                                                                     -Khagendra Pandhak Limbu

 
 
 
 
शिर्षकीय शब्दार्थ :
फ्युजन (Fusion): Noun1/the joining of two or more things together to form a whole .2/a reaction in which the nuclei of atoms fuse to form a heavier nucleus,resealing a great deal of energy.
यो अंग्रेजी शब्दलाई नेपाली भाषामा आगन्तुक शब्दको रुपमा स्वीकारेर नेपाली भाषासंग प्रयोग गरिनु नै आफैंमा एक फ्युजन हो l
प्रतिविम्ब: छायाँ;प्रतिरुप;प्रतिमा
शिर्षक यसर्थ: पनि प्रतीकात्मक रुपले सबल छ कि दुई वा दुई भन्दा ज्यादा तत्व मिलेर निर्माण हुने एक पूर्ण तत्वको प्रतिरुप; प्रतिस्तम्भ र प्रतिनिर्माण lहेरौं, त्यो के रहेछ कवितामा ?
अचेल
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
सिरानी-शीर,आस्थाको थलो lभनौं, सपनाको निर्देशकीय स्थानमा संयोजित तत्व आन्दोलित भएर चेतना, उदेस्य र भबितब्य योजनाको माग गर्छ lयो अनुच्छेद यति मै अमूर्त भएर आएकोछ lत्यो लक्ष के हो ? हेरौं -
वस्ती-वस्तीका ईंटाहरु ,
चोइटिएर भिख मागिरहेछन
खै कसले उठाउने र ?
बिजुलीका खम्बाहरु
सावाखोला र ब्वांजरखोलाहरु ,
मसानघाट फैलाउने अठोटमा ,
कात्तिकेका भीरहरु बगाउँछन्
अनि
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा फ्युजन प्रतिविम्ब

युगका हातहरु
छर्लप्पै हत्केलामा गिडिदा
आकाशले आगो निल्छु भन्दै
बादललाई बटुलेर चट्यांग हिर्काउँछ
त्यसपछि
वस्ती बल्छ, वस्ती बग्छ, वस्ती रुन्छ
अनि सहन नसकेर
लुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब

बिचारको मझधारमा
पुलको सिमा नाप्नु  खोज्दा
यथार्थले बगाई किनारमा तैरिंदा
एउटा सानो बाँसको
दाउराले पनि सम्मान माग्छ
अनि
फेरी
मेरो सीरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन प्रतिविम्ब

अबिकासले जर्जरता भोगेको कहाली लाग्दो गाउँ-वस्ती र साना-तिना समस्याले गाँजेको एवं प्राकृतिक प्रकोपको मार खेपेको दुखान्त पिछडीएको हाम्रो जनजीवनलाई कबि भोग्छन र निराकरण,बिकल्प,समाधान र मुक्तिका नाना कल्पना,सपना र योजना बुन्छन मनभरी lयही सोच, विचार औ तनाबमा हुर्किएको मनोभाव नै जुलुस बन्छ र बैकल्पिक धारमा उभिएर बिकाश र निर्माणमा उभिन खोज्छ lयहि जर्जरता बीच सुसज्जित र बिकाश योजनाका तर्जुमालाई मुख्य मिथक बनाईएको कविताको फ्युजन भन्नु नै यै हो lफ्युजन सोच बिना सावाखोला त के खोल्सी-खहरेले बाटो थुन्छ l कबि दुख्छ्न, रुन्छन , चुर हुन्छन र फ्युजन प्रतिविम्बमा पुग्छन l
समयको बाछिटाहरुले चुटेर
निथ्रुक्क पार्दा
 पिंडालु  र मानेका झाङहरुमा
ओतिन्छु भन्यो
हरेऊ र सिरिसे साँपहरु
स्वागत गर्न तम्सिन्छन
अनि
त्यहिँ बेला
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन प्रतिविम्ब

गुफाहरुभित्र
 सानो घाम बोकेर गयो
हुरी-बतास हूँईकिन्छ
त्यहिँ बेला निभाउँछ
मेरो टिनको
मट्टीतेल बाल्ने लालटिन
अनि प्रत्युत्तरमा
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
कविता पढ्दा जत्ति सहज,सरल र सरस भए पनि निम्न बर्गीय जनजीवनको एक-एक दिनचर्या र पीडक अवस्थाको गहिरो र मर्मस्पर्शी कथा र यथार्थलाई उदेक लाग्दो गरि बुझेको छ lबाकेको छ l सम्देनात्मक औसत नेपालीको जीवन र सपनालाई एकमुष्ठ एकाकार गरेर आएको यो कविता नेपाली  कविताहरुमा नै 'सिम्प्ली द बेष्ट' मा पर्छ lयो कविता नै अशोक पार्थिव तामांगकृत कविता सङ्ग्रह 'फ्युजन प्रतिविम्ब'को शिर्षक कविता हो lमुटु कृति हो l
जब नया लुगा र चस्माहरु नै
पुराना जंगली दिनका यादहरुमा
मानब सभ्यताको व्याख्या गर्छन
मनभित्र तितेसो वाक् गर्दै
अनि सम्भावनामा
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविन्ब

वर्तमान कठघरामा
दोषी भएर उभिनु पर्दा
चिल र गिद्धहरूले
परेवालाई नै लखेट्दै मर्न लाग्दा
भाग्य पिट्ने ह्याम्मरले
दलिन भत्काउन मन लाग्छ
अत:
भावावेशमा जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
यी अन्तिम अनुच्छेदहरुमा पुगेर कविताले  अगुवा बनाउँदो, समाज,समुह र देशको ठेक्का लिएका र सभ्य-शिक्षित हुँ भन्ने ठेकेदार,नेता र शासकहरुको देखाउने दाँत, लाचारीपना माथि दोष देख्छ, आरोप लाउँछ lगर्न चाहने युबाबर्ग, नयाँ जनशक्ति र बिकशामुखी प्रगतिशील तथा सिर्जनशील आस्थाहरु माथि समाजवादी घुषपैठ, भ्रष्ठाचारी गुटवन्दी र सामन्तवादी तत्वहरुले गरेका घात-अपघात  र कुटनैतिक आक्रमण प्रत्ति आपत्ति र रोष प्रकट गर्दै समस्याका बिध्यमान बिकल्पमा जुझारु रुपले उभिंदा भेटिएका शक्तिशाली विचार, चिन्तन र दर्शन नै फ्युजन प्रतिविम्ब हो lजसले बिकाशलाई प्राथमिकता दिएर जनजीवनको सुनौलो परिकल्पना  गर्दछ lतेसैले पनि मैले यो शक्तिशाली कविता प्रविष्ट भएको सङ्ग्रहमा भनेको छु-
''कुत्सा दर्शनको बिमुख निलो काब्यचेतलाई निलम्बन गरेर मानब मात्रको पक्षपातमा 'क्रान्तिको आधुनिक रेखा'चेतन- मनस्थितिसंग छाम्दै परिम्लान  साहित्यको वितृष्णा उपर पौल-सौन्दर्यमा फक्रेका कविताहरु आधुनिक संसारका स्वप्नफूलहरु हुन् lजो प्रगल्व कबि अशोक पार्थिव तामांगको अन्त्यहीन यात्राको जम्काभेटमा रहरै लाग्दो फुलेको भेटेको-देखेकोछु l''
यो कविता समाविष्ट  भएको कविता सङ्ग्रह 'फ्युजन प्रतिविम्ब' आजको पाठक र समाजको माग हो lआवस्यकत हो lजो हामीबीच उपलब्ध छ  l

____________________________________________________________________________

मेरो सिर्जनशील संसारमा स्वागत !

दिदीहरुले दुई-तीन दिन लगाएर म्याङ्लुङ्ग बजार भन्दा अलि तलको गाउँदेखि ढाँड पिल्याउँदै  बोकेर ल्याएको रातोमाटोले लेकको जाडोमा कक्रिएका हातहरुसंग घरको भित्ता लिपिएपछि घरको भित्ता मेरो निमित्त नक्शा र अक्षरहरु कोर्ने सादा र उपयुक्त पाना बन्थ्यो l सिन्का र कोइलाले पालामका थेगो र टुक्रा, चराचुरुंगी, मान्छे, घाम, फूल आदि इत्यादि कोरेर  उहाँहरुलाई साह्रै सताउँथें l त्यै पिराहा आज डिजिटलका भित्ताहरु यसरी कोर्दैछु l


बुवा-आमाको लिम्बू साहित्यिक बोलचाल, लिम्बू परिवार,समाज, प्रकृति र मेरो आचरणले नै  साहित्य-संगीत-कलामा मलाई नजानिदो गरी यसरी  घोलिदियो कि औपचारिक साहित्य लेखन र चित्रकरिताको दुईदशकमा देखिएको मेरो सिर्जनशील यात्रामा साहित्य र कलाको विथीमा यो ब्लग एउटा सानो प्रस्तुति मात्र हो l त्यो भन्दा पनि अर्को एक अविस्मरणीय कुरा- मैले त नेपाली लिपी पनि काठको सानो फल्याकमा धूलो राखेर डिको( बाँस-काठको सानो सिन्को)ले कोर्दै बाह्रखरी र चित्रकारिता  धूलो मै सुरु गरेको थिएँ l आजको यो अत्याधुनिक डिजिटल दुनियामा मैले मेरो साहित्य र कलालाई यसरी विश्व समुदायमा प्रस्तुत गर्न पाउँदा मेरो मन मलमल र आल्हादित छ l 


अमूर्त रुप मै साहित्य र कलामा चलेको मेरो उपद्रो र चकचकलाई अमूर्तबोधी दर्शनले  असिम सिर्जनशिलतामा भेट्दा प्राप्त भएको बोधीसत्वलाई  जीवन र गजतमयी रुपमा मैले ग्रहण गर्न पाएँ l कुरुप सौन्दर्य मिमांसा र दुरुमार्गी पथले मेरो साहित्य र कलामा दिशानिर्देश गर्दै आयो l जसलाई मैले ईमान्दारीपूर्वक यहाँ पस्किएकोछु   l

Friday, April 8, 2011

Abstract Bangkok :Novel



                                               


लगभग आधा दशक भन्दा लामो समय विषय-वस्तुगत अध्ययन पश्चात सत्यघटनामा आधारित यौनब्यबशायी नारी जीवनकथालाई अमूर्तबोधी दर्शनले केलाएर प्रयोगात्मक रुपमा तयार गरिएको उपन्यास   छापाखानाको शरणमा पुग्दैछ l चर्चा-परिचर्चा भन्दा पनि एसियामा देखिएको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक दुरावस्थाले गाँजेको अमूर्तकथालाई मूर्त भेट्ने प्रयास गरेकोछु l स्वदेशको कथा नलेखेर बैंककको कथा लेखिनुको कारण  बैंकक एसिया र पश्चिमा मुलुकहरुको फ्युजन भएकोले पनि बैंककको गौण कथावस्तुलाई टिपिएको छ l अरु पुस्तकमा भेट गरौँला l