....र त खगेन भइस्
गाँसै पिच्छे दु:ख निलिस् र त खगेन भइस्
बारुला झैं 'कु'लाई चिलिस् र त खगेन भइस्
सुन्दरताको व्याख्या गर्दै फूलै रोज्छन दुनियाँले
काँडा टिपी माला खिलिस् र त खगेन भइस्
...
जति खोल्यो रहस्य छ, रहस्यमा विकृति छ
आलु जस्तै त्यसलाई छिलिस् र त खगेन भइस्
सज्जनहरु सधैं-सधैं शोषणको साधन बने
पागलवादमा अत:मिलिस् र त खगेन भइस्
..भूलचूक लिनेदिने
जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने
कुरूप सौन्दर्यको अन्तररुप लेख्दैछु, भूलचूक लिनेदिने
दुरुह-मार्गी यात्रा भीरबाट थालेर,समथल गन्तव्यमा
अमूर्त बोधताको दु:खसुख लेख्दैछु भूलचूक लिनेदिने
बनेर जुनकिरी अँधेरीमा उड्दोछ,स्वखोजमा जिन्दगानी
स्वस्वर्ग गुमाउनेको अन्धकुप लेख्दैछु भूलचूक लिनेदिने
खगेन्द्र पन्धाकले सत्वबोध भेटेछ, भोगाईको योगफल
मिराज लखेट्नेको दौडधुप लेख्दैछु भूलचूक लिनेदिने
____________________________________________________

(Experimental)
..........देश हुँदैन
पन्क्षिहरुको कुनै देश हुँदैन l
पन्क्षिहरुको कुनै देश हुँदैन l
भुर्भुराउँदै उड्नू बिना बन्धन l
पन्क्षिहरुको कुनै देश हुँदैन l
मान्छेहरुले थुने आफ्नै जीवन l
पन्क्षिहरुको कुनै देश हुँदैन l
धर्ती-आकाश बाँड़यौं,राख्यौं सिमाना l
पन्क्षिहरुको कुनै देश हुँदैन l
अंशबण्डामै काटमार गर्दैछौं l
पन्क्षिहरुको कुनै देश हुँदैन l
राहदानीमा यात्रा हाम्रो सिमित l
पन्क्षिहरुको कुनै देश हुँदैन l
'चुम लिम्बू'कै देश छैन यता त l
पन्क्षिहरुको कुनै देश हुँदैन l
___________________________________________________________
गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l
____________________खगेन्द्र पन्धाक लिम्बू
[ पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]
१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l
गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l
४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l
जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )
चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-
शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l
सेरको दोश्रो मिसरालाई'मिसरा ए सानी'भनिन्छ l
यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l
लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l
चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l
जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l
मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l

__________________________________________________
.........ताप्दैछु अचेल
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
चुह्यो ईमान, रहेन नाता, वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात, मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
चुह्यो ईमान, रहेन नाता, वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l
शैय्या टेकेर हाँसेको जात, मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l
..................................................................................................................
रिहाई गजल-विनिर्माण-प्रतिनिर्माण र सिर्जनामा असिमताको चिन्तन
(रिहाई गजल)
- खगेन्द्र पन्धाक लिम्बू
पुरातन शास्त्रीय गजलबाट मुक्त हुन नसकेको उस्कुस-मुकुस आजको निस्सार गजलको अवस्थालाई देख्दा विनिर्माण-प्रतिनिर्माण , सिर्जनाको असिमता-आविस्कार र प्रयोगको प्रतिउपदेयताको चिन्तनले कुकुत्याए पछी शास्त्रीय तथा पुरातन मान्यताका बहर, छन्द, स्वरमात्रा आदिका निश्चित तोक बन्दीगृह तोडेर गजललाई रिहा गर्न यो बैकल्पिक आविस्कार भएको हो l
जस्तै:-
वेला पुगे सी' पातहरु (आवस्यकता अनुरुप पुनरागमन गराउनुस ) झर्छन(आवस्यकता अनुरुप पुनरागमन गराउनुस )
उसै गरेर रातहरु((आवस्यकता अनुरुप पुनरागमन गराउनुस )झर्छन (आवस्यकता अनुरुप पुनरागमन गराउनुस )
अब मत्लाको ए उल्ला वा सानी अनुरुप बहरलाई स्वतन्त्र गराउनुस
जस्तै:-(एउटा संरचना )
वेला पुगे सी' पातहरु-पातहरु झर्छन-झर्छन-झर्छन =५/४+४//+
उसै गरेर जिन्दगीका रातहरु पनि मर्छन/झर्छन =५/४+४//+
अर्थात्-(अर्को संरचना )
वेला पुगे सी' पातहरु झर्छन-झर्छन
उसै गरेर रातहरु पनि झर्छन
आफुलाई चाहिने लय,आकार अनुरुप रदीफ र काफियालाई अनुबन्धनमा मिसरा-सेरहरुको पदयोजना गर्नुस l
जस्तै -
वेला पुगे सी' पातहरु झर्छन-झर्छन-झर्छन
उसै गरेर रातहरु पनि कठै झर्छन
के हो पिरती कसलाई थाहा छ र यहाँ
दाऊ छोपेर साथहरु पनि प्याट्ट झर्छन
आदि l
अर्को -
मनचरी /आकासमा/ उड्यो भुरुरुरुरुरुरुरुरूरुर ..(.इप्सानुरूप 'भुरु' वा 'रु' लाई प्रयोग गर्नुस)
तिमीलाई/ पछ्याउँदै /मनोकान्क्षा / कावा खेल्दै/ बतासमा /उड्यो भुरुरुरुरु...(स्वकीयताले निर्माण गरेको आकारमा 'भुरु' वा 'रु' को ढोकालाई खुल्ला राख्नुस )
यो संरचना माथि असिमितताको सिद्धान्त झैँ भाव पक्षमा आफ्नै चिन्तन -दर्शन र मान्यता लेखेर जlन सकिन्छ l
बन्धन हट्यो,स्वेच्छाले संरचनालाई आकार दिनुस lरदीफ र अनुप्रासको तगारो खोलेर जानुस बाँकी उदाहरण,प्रयोग ,विस्तृति, चिन्तन र विश्लेषण फेरी आउने नै छ l
----------------------------------------------------------------------------------------
.........जस्तो जिन्दगी
चाहिन्न-बल्छीको चोट खाएको माछी जस्तो जिन्दगी l
चाहिन्न-जानेरै गल्ति गरेको लाछी जस्तो जिन्दगी l
जनम- जनम मर्यो सपना व्यर्थै रोयो सिर्जना l
चाहिन्न- बैतर्नी मृत्यु शोकको बाछी जस्तो जिन्दगी l
हजार-सपना युगौं तुहियो सारा वस्ती निदायो l
चाहिन्न-सदियौं दुख्ने चियाको गाछी जस्तो जिन्दगी l
भोगेर-नभोगे जस्तै चेतना शून्य आफ्नै जमाना l
चाहिन्न- देखेरै सत्य नबोल्ने साछी जस्तो जिन्दगी l
29/04/10
...................................................................................................................
............जान्यो मूलाले
भंगालोमा परेर जान्यो मूलाले l
भीरबाट लडेर जान्यो मूलाले
चिल्ला-चिप्ला बोलीमा घ्यूको सपना
अगेनुमा डढेर जान्यो मूलाले
बग्दै-बग्दै सागर छुने उदेश्य ;
नालीभित्र बगेर जान्यो मूलाले
बाजी भन्थ्यो जिन्दगी दाउ लागेन
च्याँखे थापी फसेर जान्यो मूलाले
-----------------------------------------------------------------------------------------
..... छुट्छन कति कुरा
लेख्दा-लेख्दै छुट्छन कति कुरा
लेख्दा-लेख्दै दुख्छन कति कुरा
घाम छुँदा जून रोए पछी
लेख्दा-लेख्दै लुक्छन कति कुरा
बोले दुख्ला, मुखै थुन्छु बरु
लेख्दा-लेख्दै फुक्छन कति कुरा
तामा पनि आकाश छुन्छु भन्छ
लेख्द-लेख्दै झुक्छ्न कति कुरा
आफ्नो मन ढुङगै सम्झ्या होला
लेख्दा-लेख्दै फुट्छन कति कुरा
----------------------------------------------------------------------------------------
.............साला जिन्दगी
फुटे-फुटोस झरेर साला जिन्दगी
टुटे-टुटोस मरेर साला जिन्दगी
चल्ला जस्तै प्रेमले हेर्ने आँखाले
लुटे-लुटोस हरेर साला जिन्दगी
जति माया गरे नि सधैं गुनासो
छुटे-छुटोस सरेर साला जिन्दगी
--------------------------------------------------------------------------------------
..............भीरैमा फुलुँ कि
भीरैमा पलाएँ भीरैमा फुलुँ कि
सुहाए मायाको शिरैमा फुलुँ कि
छाँगामा सपना बगाई जाने गो
'दुखेरै भए नि तीरैमा फुलुँ कि
चिहानै नपुग्ने माटो नि बगी गो'
कमल भएर क्षीरैमा फुलुँ कि
कहिले आंधी त कहिले सुनामी
सिउँडी फुले झैं पीरैमा फुलुँ कि
-----------------------------------------------------------------------------------------------------
................जान्दछ यो मन
न दुख्न जान्दछ यो मन
न लुक्न जान्दछ यो मन
त्यो उठ्छ पहाड झैं फेरी
न झुक्न जान्दछ यो मन
खै ! आगो भएर नि निभ्छ
न फूक्न जान्दछ यो मन
कि मर्छ लडेर क्यै गरी
न चुक्न जान्दछ यो मन

_____________________________________________________________
.
.............बकबक नगर l
.............बकबक नगर l
काले !कानको जाली फाटीसक्यो बकबक नगर l
लाले !गृहयुद्ध निम्त्याउन चकचक नगर l
आज जसरी नि सरसर्ती बोल तिमीले l
भाले ! अण्डा जेठो हो कि चल्ला ? भकभक नगर l
साँच्ची ,सक्छौ चलाउन ? देशै लेखी दिउँला l
पाले !औकात बिना कुर्सी चढ्ने सकसक नगर l
कठै ! सालैभरि हलो तान्छौ,चुटाई बेस्सरी l
माले ! गोरु भई मान्छे पाल्छौ थकथक नगर l
२९ अगष्ट २०१०
___________________________________________________________
................सकेजति
समयलाई अनुशरण गर्नुछ सकेजति l
कालखण्डको पूर्ण-भरण गर्नुछ सकेजति l
दुर्लभ भो' मान्छे यहाँ मरेर बाँच्ने सबै l
सत्य बाँच्न मृत्युवरण गर्नुछ सकेजति l
लोभ-लाभ पेशा भयो, कसले पीडा बुझ्ने!
छैन कानून, मन-हरण गर्नुछ सकेजति l
सम्बध मै भेल बाढी बढेर आए पछी l
एकलकाटें खोली-तरण गर्नुछ सकेजति l
२१ अगष्ट २०१०
___________________________________________________________________
.............दिएकै हो
लिएनौ,खामभित्र सिङ्गो जीवन हालेर दिएकै हो l
लिएनौ,गामभित्र सिङ्गो जीवन पालेर दिएकै हो l
के भनुँ ! आफ्नो देश अबिकशित भयो रे, दुखेसो छ l
लिएनौ, कामभित्र सिङ्गो जीवन गालेर दिएकै हो l
होड्बाजी जताततै, योग्य व्यक्ति छानेर राखे हुन्थ्यो !
लिएनौ,लामभित्र सिङ्गो जीवन फालेर दिएकै हो l
समय कुदेकैछ हेर्दा-हेर्दै पछौटे भईयो आज !
लिएनौ,यामभित्र सिङ्गो जीवन चालेर दिएकै हो l
'खगेन्द्र' कुनै पनि नेता होइन बिज्ञापन छैन मेरो !
लिएनौ,नामभित्र सिङ्गो जीवन टालेर दिएकै हो l
22/08/10
________________________________________________________________
......बिजोकमा छु
नूनले नून तिर्न नसक्दा लाजले नै मरे झैं बिजोकमा छु l
गुनले गुन तिर्न नसक्दा छाँगोबाट झरे झैँ बिजोकमा छु l
मनले मन साटें कहिले, माया-दया पनि त साटेकै हो !
सुनले सुन तिर्न नसक्दा बगरमा चरे झैं बिजोकमा छु l
जुगौंको कसम खाएर बराबरी भएथ्यो लेनादेना !
जूनले जून तिर्न नसक्दा अँधेरीमा परे झैं बिजोकमा छु l
शक्ति कि भक्ति ! बुझिन,टाउकाको मूल्य नै तोकीदिए !
खूनले खून तिर्न नसक्दा समर्पण गरे झैँ बिजोकमा छु l
हितैको माया गईगयो,पन्चेबाजा घन्काउँदै अघि-अघि !
धूनले धून तिर्न नसक्दा साधु-बैंस टरे झैं बिजोकमा छु l
22/08/10
Bangkok/Thailand
_____________________________________________________________
...............दोष देखाए
कसैले जाबो मेरो छालाको दोष देखाए l
कसैले निजी चलन-चालाको दोष देखाए l
फाट्यो त टालें,नयाँ फेर्नलाई बस्त्र थिएन l
कसैले तिनै टाटे-टालाको दोष देखाए l
पसिना पोखें,आधा पेटको कथा हटेन l
कसैले मेरै लालाबालाको दोष देखाए l
के भन्नु ! सिन्को भाँच्न नसक्ने हट्नै मान्दैन l
कसैले साँच्चै गंर्नेवालाको दोष देखाए l
कसैले आफ्नो घरकै तालाको दोष देखाए l
____________________________________________________________________
.................छ, गाँठे !
दुनियाँ निर्धा, थोरैको हालीमुहाली छ, गाँठे !
बिकाश कहाँ रोकियो? पाखुरा खाली छ, गाँठे !
कसले साथी तँलाई गरीब भन्यो ? भनी दे -
ठोकेर छाती-'मेरो 'नि मेची र काली छ, गाँठे !'
कसले रोक्छ गरेर खानेको बाटो?भत्काऊ -
विश्वमा सधैं जनता नै शक्तिशाली छ, गाँठे !
किसान भोकै मर्दैछौँ,लखेटी सारा ठगाहा
जोतेर खान्छौं बाँझो यो, हलो र फाली छ, गाँठे !
...........................................................................................................