युयुत्सु कि युक्तिसङ्गत
-Khagendra Pandhak Limbu
घाम डाँडामाथि टुप्लुक्क बसेर पहेंलिएको थियो l बनपाखालाई पनि रङ्ग परिवर्तनको मोहले राम्रै छोएको थियो l हल्लेसोको बिरह लाग्दो स्वरले उदासी रुझान भर्नुसम्म भर्यो l गाग्रीमा पानी र गहमा आँसु सराबरी भरिंदै गए l पोहोरको यस्तै बैसाखको एक समसाँझ यै पँधेरीमा पानीको सट्टा रगतको धारा बित्याँसले बगेको थियो l
भौतिक हतियार र भौतिक युद्धलाई विश्वास नगर्ने भएर नै माओवादी मिलिसियामा जबर्जस्तो भर्ति हुन नमान्ने ऊ, मार्क्सवाद औ कम्युनिज्म राम्ररी बुझेकाले 'सांस्कृतिक, बर्गीय र चेतानात्मक परिवर्तन नै प्रत्येक युद्धको सफलता हो' भन्दै गाउँले जवानहरुलाई भौतिक लडाईंमा सामेल नभई चेतानात्मक तथा सामाजिक सेवा र श्रमजीवी हुन उनले राम्ररी सम्झाएका-बुझाएका थिए l उसैको आज्ञाकारी उसको कान्छो भाई प्रशासन र माओवादीको दोहोरो मारमा बारम्बार पर्दा-पर्दै माओवादीको अभियोगमा यै धाराको भित्तामा उभ्याएर तत्कालिन सरकारका सेनाले गोली ठोकेका थिए l त्यो दिन निरिह-निर्दोष धेरै गाउँलेहरुले ज्यान गुमाए l वृद्ध,बालबच्चा र महिलाहरुलाई पनि तारो हानिदिए l
'आधीलाई माओवादीले आफ्नो सैनिक र मिलिसिया बनाएर मार्दैछ l बाँकीलाई सरकारको हतियारधारीले खोजी-खोजी सिलासाङ्ला गरेर मार्दैछ l के यो मगरमारा अभियान हो ?' यै प्रश्नको उत्तरमा उसको बाउले पनि गोलीको जवाफ भेटेका थिए l हुन पनि रोल्पाको यो मगर गाउँ लगभग शून्य भैसकेको थियो l
मझ्यौले कद, गहिरा आँखा, एथलेटिक शरीर अर्थात् सटकटमा भन्नु पर्दा 'ब्रुसली' जस्तै ठ्याक्कै देखिने, कम तर गम्भीर बोल्ने उसको आदत, केटाकेटीलाई बहुतै माया गर्ने उसको कोमल हृदय आदिले मलाई त्यसै-त्यसै मोहित गरेर पगली जस्तो बनाएको थियो l हाम्रो यौटै गाउँबिकाश समिति भए पनि सानोमा भने उसलाई देखेको थिएन l एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरेर पनि क्याम्पस पढ्न नसकेकोले प्राथमिक तहको अस्थायी शिक्षकको रुपमा मेरो घर छेउको स्कूलमा मास्टर हुन आएको थियो l बिहान घरको पूर्वीय दैलोको जस्केलोमा घामको किरण पुग्नासाथ अर्थात् प्रभातको सवा नौ बजे गाग्री बोकेर पानी भर्ने बहानाले उसलाई हेर्न म यै पँधेरीमा पुगी हाल्थें l घामको त्यो किरण मेरो घडी नै थियो l गाग्री भरिसकेर उसलाई पर्खिएर बस्थें l मेरो भरिएको गाग्री देखेर भन्थ्यो 'आहा ! सधैं मेरो शुभसाईत ! धन्यबाद !' म तेसै-तेसै भित्र-भित्र हौसिएर मक्ख हुन्थें l धाराको पानी जस्तै मेरो अन्तर्मन बग्थ्यो कलकल l उसलाई देखेपछि मेरो पनि शुभसाईत नै हुन्थ्यो l साँझमा उही घाम कै किरणको घडी पश्चिम ढोकाको उपरभाग पुगेपछि केहि न केहि बहानाले मुलबाटो तर्फ पुगी हाल्थें l स्कूल बिदा हुनासाथ त्यै बाटो ऊ फर्कन्थ्यो l घाम नलागेको दिन अर्थात् बादलु दिन त धेरै समस्या हुन्थ्यो l कहिले काहीं उसलाई देख्न नपाउँदा मेरो मनमा पनि नियास्रोको बादलुले छाउँथ्यो र पानी पनि पर्थ्यो अर्थात् रुन पर्थ्यो l
दिनहुँ देख्दा-देख्दा ऊ मेरो अन्तरभावनामा आत्मीय बनिसकेको थियो l उप्रतिको मेरो एकोहोरो एकतर्फी आकर्षणलाई मैले एक्लै गुम्स्याएर आफूभित्र उकुसमुकुस राख्न सकिन l सदा झैं गाग्री भरें र उसको अघि-अघि लागेर हिंडें l काखीमा च्यापेको रुमाल अन्जान झैं गरेर झारें l जहाँ योजनाबद्ध लेखेको थिएँ -' प्रिय माष्टर बाबु, तिमीलाई धेरै माया गर्छु lसाँझ-बिहान देखेर-भेटेर पनि मेरो भावना नबुझ्ने यो पँधेरीको ढुङ्गो !'
उसले टिप्यो l 'ए सानु , तिम्रो रुमाल झर्यो नि,लौ लेऊ ! ' मेरो नाम सानु त होइन, म अलि सानै ज्यानको हुनाले होला उसले त्यसरी नै बोलाउँथ्योl
-' आम्मै पत्तै नभा'को नि ! तिमीले नभेटे त मेरो सर्वश्र खत्तम हुन्थ्यो l मेरो हात कहाँ खाली छ र मास्टर बाबु ! लौ बित्याँस भयो, धुलो-मैलो लाग्यो होला, कृपया पुछी दिनुस,टक्टक्याई दिनुस न l तर आँखा चिम्लेर है l हेर्न हुँदैन l ' साँच्ची नहेरी पुछेर हातमा बोकिरह्यो l मेरो घरको आँगन पुग्नासाथ नहेरी कत्ति ईमान्दारितासाथ बुझाईदियो l म झनै लोभिएँ उसको विश्वासिलो र इमान्दारितासंग l मेरो चाहना त उसले खोलेर हेरिदियोस र मेरो भावना बुझी देओस भन्ने नै थियो l मलाई कता-कता ग्लानी पनि लागिरह्यो l एकदिन मुखै खोलेर भन्दिएँ -माष्टर बाबु तिमीलाई साँच्ची मन पराउँछु l' त्यहि दिनदेखि हाम्रो प्रतक्ष सम्बन्ध अघि बढ्यो l उप्रतिको मेरो आशक्ति, माया र चाहनालाई कदर गरेर उसलेअझ प्रेमिलो हौसल्ला दियो l म गद्गदिएँ l ऐना हेरेर मेरो निधारलाई भाग्यमानी घोषणा गर्दै आफ्आफैं फुरुक्क फुर्कीएँ l हामी मायाबी रङ्गहरु परिवर्तित भयौं lकेहि दिनपछि मैले त्यै रुमालको घटना सुनाएको 'खुच्चिंग बाठी !' भन्दै गलल हाँसेको थियो l मैले नि हाँसो थाम्नै सकिन lहाम्रो हाँसोले छानोका परेवाहरु तर्सिएर भुरुरु उडेर बतासिएका थिए l हाँसोले झनै प्रश्रय पायो l बिस्फोटित लहरे हाँसोले रातै-नीलै बनाएथ्यो l
हाम्रो प्रेम मौलाउँदै गयो l हामीले हाम्रो भावना, विचार र चिन्तनहरुलाई फुकाउँदै लग्यौं l देशको राजनैतिक उथलपुथलको विकृति, गरीव, निरिह जनता, देशको बिग्रँदो अवस्था तथा आफुले उच्चशिक्षा लिन नसकेको दुखान्त उसले बारम्बार पोखाउँथ्यो l ऊ ह्याण्डसम पनि भएकोले उसलाई लाहुरे हुन मैले दिएको सल्लाहमा उसले गम्भीरतापूर्वक जवाफ दिएथ्यो-
-' आफ्नै देश युद्धमा जाकिएकोछ l सके यहि नै देश र जनताको निमित्त केहि सकारात्मक काम गरेर मर्नु राम्रो हो l म पैसाको निमित्त लाहुरे बनेर मै जस्तो गरीव सिपाहीहरुको हत्या गर्न सक्दिन l फेरी तिमी जस्तो मेरो सिङ्गो हृदयलाई छोडेर म कहाँ जान सक्छु परदेश-दूरदेश ? '
-'तिमी जनप्रेमी-देशप्रेमी मान्छे ! यहाँ बस्यौ भने जनताको निमित्त तिमी माओवादीको गुरिल्ला भएर एकदिन त जंगल गईहाल्छौ l हाम्रो बिछोड हुन्छ नै l '
- 'हुँदैन, पीर नगर ! म भौतिक हतियार सहितको भौतिक युद्धमा विश्वास गर्दिन l युद्ध त मानसिक प्रयोगले चेतानात्मक रुपमा जित्नुपर्छ l एउटा नेपालीले अर्को नेपालीको, एउटा मान्छेले अर्को मान्छेको गिदी,टाउको, छाती फुटालेर, आन्द्राभुँडी छरेर कसले युद्ध जित्ने ?भौतिक युद्धमा सामेल हुनु नै हार हो, पराजय हो l अहिले कम्यनिष्टहरु पनि हारमा पुगेकाछन् l जसरी सरकार आफैं बर्षौंदेखि हारिरहेकोछ l नेपोलियन, जन्गेज खाँ, हिटलर, मुसोलोनी, जर्जबुस, सद्धाम सबै ईतिहाँसका ठूला हरुवाहरु हुन् l न जंगबहादुरले जिते न पृथ्वीनारायण शाहले नै जिते l न तिनीहरुका निर्धा लडाकु र सिपाहीले नै जिते ! भौतिक युद्ध नै आफैंमा हार हो सानु ! र सबै हारे l ' उनको यस्तो बलियो बिचार, तर्क र चिन्तनले मलाई रोमरोम बनाउँदै गयो l
तर दुर्भाग्य ! यस्ता विचारका महान व्यक्ति स्वयं माओवादीको गुरिल्लामा सम्मिलित भएर गयो l यो तर्क गरेको केहि महिना मै हाम्रो बिछोड भयो l यस्ता शान्तिप्रीय व्यक्तिले बन्दुक, बारुद र बमगोला समातेर जंगल पस्नु पर्यो l यो घटनाले म बौलाही जस्तै भएँ l उसको सम्झनाले पलपल रोएँ l गाउँभरि दिनरात भुकेका राईफलका आवाजसंगै मरिरहें l घटना-दुर्घटनाका खबरसंगै बेहोस भैरहें l यै धाराको मिलनसंग हरक्षण मरिरहें l उसका भाई र बुवालाई यै पँधेरीको भित्तामा उभ्याएर गोलीठोक्दै मारिएपछि उ भौतिकयुद्धप्रेमी भैदियो l मेरो माया मार्न सक्ने निष्ठुरी बनिदियो l प्रेम पीडाले आखिरी मैले पनि निर्णय लिनु पर्यो l मलाई कि मेरो शान्तिप्रिय मेरो प्रेमी चाहिन्थ्यो कि त बन्दुक l आखिरी भौतिक युद्धमोर्चाका बन्दुके नै भएँ l जंगल बसाईमा हाम्रो भेट कहिल्यै हुन सकेन l मनभरी उसको चिरन्जीवी कामना गर्दै युद्ध लड़िरहें lभौतिक युद्ध आफैंमा हार हो भन्ने जान्दा-जान्दै पनि भौतिक युद्धको लडाकू भएर उसले खारामा ज्यान नै गुमायो lत्यो पीडाले म कहाँ बन्दुक राखेर गाउँ फर्कूँ ? धेरै अल्मलिएँ l मैले नि धेरैको हत्या गरें युद्धमोर्चामा l सोचें- कुनै गरीवको पति कि पत्नी वा आफन्त नै मार्दैछु l त्योभन्दा ठूलो जीत खै ? कसको जीत ? कस्तो जीत ? अन्तत: उसैको पूर्व सिद्धान्तलाई नै उत्कृष्ठ जवाफ मानेर उसैको सम्मानार्थ मैले बन्दुक बिसाएँ र फर्किएँ l तर यो पँधेरीको चोटले मेरा हातहरु अझै हत्यारा हुन आत्तुर हुन्छन र नै धेरै चोटी गाग्री फुटाइरहेछु l किन त्यो फुटेको गाग्रीको पानी रगत झैँ रातो देख्छु हँ ?
Bangkok,Thailand.
फ्युजन प्रतिविम्ब- बोध: गवेषण
-Khagendra Pandhak Limbu
शिर्षकीय शब्दार्थ :
फ्युजन (Fusion): Noun1/the joining of two or more things together to form a whole .2/a reaction in which the nuclei of atoms fuse to form a heavier nucleus,resealing a great deal of energy.
यो अंग्रेजी शब्दलाई नेपाली भाषामा आगन्तुक शब्दको रुपमा स्वीकारेर नेपाली भाषासंग प्रयोग गरिनु नै आफैंमा एक फ्युजन हो l
प्रतिविम्ब: छायाँ; प्रतिरुप; प्रतिमा
शिर्षक यसर्थ: पनि प्रतीकात्मक रुपले सबल छ कि दुई वा दुई भन्दा ज्यादा तत्व मिलेर निर्माण हुने एक पूर्ण तत्वको प्रतिरुप; प्रतिस्तम्भ र प्रतिनिर्माण lहेरौं, त्यो के रहेछ कवितामा ?
अचेल
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
सिरानी-शीर,आस्थाको थलो l भनौं, सपनाको निर्देशकीय स्थानमा संयोजित तत्व आन्दोलित भएर चेतना, उदेस्य र भबितब्य योजनाको माग गर्छ l यो अनुच्छेद यति मै अमूर्त भएर आएकोछ l त्यो लक्ष के हो ? हेरौं -
वस्ती-वस्तीका ईंटाहरु ,
चोइटिएर भिख मागिरहेछन
खै कसले उठाउने र ?
बिजुलीका खम्बाहरु
सावाखोला र ब्वांजरखोलाहरु ,
मसानघाट फैलाउने अठोटमा ,
कात्तिकेका भीरहरु बगाउँछन्
अनि
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा फ्युजन प्रतिविम्ब
युगका हातहरु
छर्लप्पै हत्केलामा गिडिदा
आकाशले आगो निल्छु भन्दै
बादललाई बटुलेर चट्यांग हिर्काउँछ
त्यसपछि
वस्ती बल्छ, वस्ती बग्छ, वस्ती रुन्छ
अनि सहन नसकेर
लुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
बिचारको मझधारमा
पुलको सिमा नाप्नु खोज्दा
यथार्थले बगाई किनारमा तैरिंदा
एउटा सानो बाँसको
दाउराले पनि सम्मान माग्छ
अनि
फेरी
मेरो सीरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन प्रतिविम्ब
अबिकासले जर्जरता भोगेको कहाली लाग्दो गाउँ-वस्ती र साना-तिना समस्याले गाँजेको एवं प्राकृतिक प्रकोपको मार खेपेको दुखान्त पिछडीएको हाम्रो जनजीवनलाई कबि भोग्छन र निराकरण,बिकल्प,समाधान र मुक्तिका नाना कल्पना,सपना र योजना बुन्छन मनभरी lयही सोच, विचार औ तनाबमा हुर्किएको मनोभाव नै जुलुस बन्छ र बैकल्पिक धारमा उभिएर बिकाश र निर्माणमा उभिन खोज्छ lयहि जर्जरता बीच सुसज्जित र बिकाश योजनाका तर्जुमालाई मुख्य मिथक बनाईएको कविताको फ्युजन भन्नु नै यै हो lफ्युजन सोच बिना सावाखोला त के खोल्सी-खहरेले बाटो थुन्छ l कबि दुख्छ्न, रुन्छन , चुर हुन्छन र फ्युजन प्रतिविम्बमा पुग्छन l
समयको बाछिटाहरुले चुटेर
निथ्रुक्क पार्दा
पिंडालु र मानेका झाङहरुमा
ओतिन्छु भन्यो
हरेऊ र सिरिसे साँपहरु
स्वागत गर्न तम्सिन्छन
अनि
त्यहिँ बेला
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युजन प्रतिविम्ब
गुफाहरुभित्र
सानो घाम बोकेर गयो
हुरी-बतास हूँईकिन्छ
त्यहिँ बेला निभाउँछ
मेरो टिनको
मट्टीतेल बाल्ने लालटिन
अनि प्रत्युत्तरमा
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
कविता पढ्दा जत्ति सहज,सरल र सरस भए पनि निम्न बर्गीय जनजीवनको एक-एक दिनचर्या र पीडक अवस्थाको गहिरो र मर्मस्पर्शी कथा र यथार्थलाई उदेक लाग्दो गरि बुझेको छ lबाकेको छ l सम्देनात्मक औसत नेपालीको जीवन र सपनालाई एकमुष्ठ एकाकार गरेर आएको यो कविता नेपाली कविताहरुमा नै 'सिम्प्ली द बेष्ट' मा पर्छ lयो कविता नै अशोक पार्थिव तामांगकृत कविता सङ्ग्रह 'फ्युजन प्रतिविम्ब'को शिर्षक कविता हो lमुटु कृति हो l
जब नया लुगा र चस्माहरु नै
पुराना जंगली दिनका यादहरुमा
मानब सभ्यताको व्याख्या गर्छन
मनभित्र तितेसो वाक् गर्दै
अनि सम्भावनामा
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविन्ब
वर्तमान कठघरामा
दोषी भएर उभिनु पर्दा
चिल र गिद्धहरूले
परेवालाई नै लखेट्दै मर्न लाग्दा
भाग्य पिट्ने ह्याम्मरले
दलिन भत्काउन मन लाग्छ
अत:
भावावेशमा जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन प्रतिविम्ब
यी अन्तिम अनुच्छेदहरुमा पुगेर कविताले अगुवा बनाउँदो, समाज,समुह र देशको ठेक्का लिएका र सभ्य-शिक्षित हुँ भन्ने ठेकेदार,नेता र शासकहरुको देखाउने दाँत, लाचारीपना माथि दोष देख्छ, आरोप लाउँछ lगर्न चाहने युबाबर्ग, नयाँ जनशक्ति र बिकशामुखी प्रगतिशील तथा सिर्जनशील आस्थाहरु माथि समाजवादी घुषपैठ, भ्रष्ठाचारी गुटवन्दी र सामन्तवादी तत्वहरुले गरेका घात-अपघात र कुटनैतिक आक्रमण प्रत्ति आपत्ति र रोष प्रकट गर्दै समस्याका बिध्यमान बिकल्पमा जुझारु रुपले उभिंदा भेटिएका शक्तिशाली विचार, चिन्तन र दर्शन नै फ्युजन प्रतिविम्ब हो lजसले बिकाशलाई प्राथमिकता दिएर जनजीवनको सुनौलो परिकल्पना गर्दछ lतेसैले पनि मैले यो शक्तिशाली कविता प्रविष्ट भएको सङ्ग्रहमा भनेको छु-
''कुत्सा दर्शनको बिमुख निलो काब्यचेतलाई निलम्बन गरेर मानब मात्रको पक्षपातमा 'क्रान्तिको आधुनिक रेखा'चेतन- मनस्थितिसंग छाम्दै परिम्लान साहित्यको वितृष्णा उपर पौल-सौन्दर्यमा फक्रेका कविताहरु आधुनिक संसारका स्वप्नफूलहरु हुन् lजो प्रगल्व कबि अशोक पार्थिव तामांगको अन्त्यहीन यात्राको जम्काभेटमा रहरै लाग्दो फुलेको भेटेको-देखेकोछु l''
यो कविता समाविष्ट भएको कविता सङ्ग्रह 'फ्युजन प्रतिविम्ब' आजको पाठक र समाजको माग हो lआवस्यकत हो lजो हामीबीच उपलब्ध छ l

____________________________________________________________________________
दीप्स शाहको 'आगो' को काव्यिक धुनिमा
-खगेन्द्र पन्धाक लिम्बू
जीवन र जगतलाई हेर्ने-भोग्ने मान्छेका आफ्नै-आफ्नै शैली, स्वभाव र विचार हुन्छन lकबि दीप्स शाहलाई वहांको कृति 'आगो' मा सेकिएर छामें -कविले हेर्ने-भोग्ने र देख्ने जीवन-जगतलाई नियालें !मान्छेसँग उनको द्वन्द छ lमान्छेका जीवन,विचार र चरित्रसंग उनको गुनासो छ र बैचारिक लडाईं छ l चिन्तनको प्रतिष्पर्धा छ l दर्शनको ब्याख्या छ l 'आगो' आफैंमा बल्दो छ lरापिलो छ lयही मान्छेसँगको विमतिमा आगो एक अपरिहार्य छ मान्छेकै जीवन-जगतसँग l
चिन्तालाई चिन्तन,आचरणलाई सुधार एवं परिस्कार, बिचारलाई बैज्ञानिक र नवीकरण,बेदना,बिडम्बना र विवशतालाई बिकल्प र निराकरणको सिद्धान्तले पूर्वीय मीमांसामा गवेषण गर्दै दुरुहता र खतरालाई अँगाल्न यो सङ्ग्रहभित्रका मीथले धकेल्छन पाठकलाई lकविता लेखि टोपल्नुबाट सुरक्षित बचेर सामाजिक कायाकल्पको फेहरिस्तमा जुझारु उठेका युगिन आवाज गम्दा लाग्छ- बैदेशिक भूमिमा रहेर पनि यस्ता सिर्जनशील बलिया कृतिहरु जन्मनु रहर होइन lश्रष्टाभित्र बिचारको स्थापना नभई यस्तो रचना जन्मिंदैनन lउसो र इजरायलमा ब्यस्त रहेर पनि यो कृति सजीव भएर जन्मिएकोछ lडायस्फोरिक र नोष्टाल्जियाको मध्य भएर नाईल नदि जस्तो बगेकोछ l
सधैं प्रतिद्वन्दमा बसी आफुलाई महामहिम शक्तिहरुको मोनोपोली बिरुद्धका लडाकु घोषित गर्ने शक्तिशाली कबि विक्रम सुब्बा यो सङ्ग्रहको भूमिका लेख्न मन्जुर हुनु नै 'आगो' आगो जस्तै तातो भएर बल्नु हो lभनौं, दीप्सका कविताहरु पनि विक्रम सुब्बाका निगरानी पर्नु नै कविताहरु जुंगाका बिरुद्ध नै छन् भन्नु ठीक हुन्छ l
सुन्दर विचार,दर्शन,चेतना,चिन्तन,मीथ र दृष्टिकोण आफैंमा एक सौन्दर्य हो lअसल कविहरुले अझ लिपी, भाषा र साहित्यलाई कुँद्ने गर्छन भन्ने अनुभूति यो कृतिका कविताले प्रदान गर्दछन l
तिम्रो महल(तिमीले मानेको)
कति सानो छ
सानो मेरी आमाको गर्भे शिशुदानीभन्दा,
जो जीवन जस्तो रक्ताम्य हुन्न
जो दोश्रोको निमित्त तन्किन्न
जो अरुको अस्तित्व स्वीकार्दैन
साँघुरो अँध्यारो गुफा
यहि त तिमी र ममा फरक छ
('ओ ! तिमी अँध्यारो गुफा '-page-5)
प्रयुक्त भाषा शालीन,सहज र मिजाजी छन् lपर्याप्त विचारका बैज्ञानिकिकरण उदाहरण छन् lखरो बिबेचना र विमर्श छन् l
तत्सम,अर्धतत्सम,तत्भव,झर्रा,आगन्तुक र नविन शब्दहरुको शब्दसंस्कार, ग्राम्य, बैज्ञानिक, आधुनिक, प्राकृतिक, पौराणिक र काल्पनिक विम्ब-प्रतीकमा सामाजिक धरातल टेक्दै कविताहरु बर्गीय, नश्लीय, लैंगिक, सांस्कृतिक, राजनैतिक,धार्मिक र नाना विभेदकारी असमानताका बिरुद्ध दह्रो चेतनाको पैरवी गर्न सफल छन् lकहीं गाउँ दुख्छ, कहीं घर दुख्छ, कहिँ सपना दुख्छ ,कहीं देश दुख्छ l दुख्नुलाई मात्र एउटा सिङ्गो कविता नमान्ने कविताहरु भेटें मैले यो संग्रहमा l
परम्पराको रखवारी मात्र होइन
परिस्कार पनि त गर्नु पर्छ
पुरातनलाई पछ्याउने मात्र होइन
नयाँ आविस्कार पनि त गर्नु पर्छ
('तिमी र म होइन.अब हामी बन्नु पर्छ' - page-61)
'कला कम, विचार बढि' का यस्ता कविता पनि पाठकलाई सहजै मन पर्नुको कारण कबि भित्रको बैचारिक सौन्दर्यशास्त्रको प्रमाण हो lकविता पाठकलाई मन पर्नै पर्छ lत्यो हेक्का नहुने हो भने कविता नजन्मंदै मर्छ lयहाँ कविता अजम्मरी छन् l
मैले बर्षभरि कबि दीप्सलाई फेसबुकको डिजिटल गोष्ठीमा भेटेकोछु/ पढेकोछु/सुनेकोछु lआलोचना, समालोचना,गाली,स्याबासी,क्रिया-प्रतिक्रिया सबै ब्यक्त गरेकोछु lकहीं 'फाष्टफूड' हाजिर जनाएकोछु lकहीं विश्वका नामी कबिहरुसंग तुलना गरेकोछु lयतिले चित्त नबुझ्दा यो सङ्ग्रह हात परेको लगभग तीन महिना घोरिए पछी पुन:केहि बोल्नै पर्ने आवस्यकता देखेर आज फेरी कविताको रन्कोमा उभिएर यी पाठकीय इमान्दारिता बहन गर्न कोशिस गरेकोछु l
आमा!! म आगो सुलुत्त निल्न चाहन्छु
ताकि अब उप्रान्त यसको उग्रतामा
तिम्रो पछ्यौरी नजलोस
तिम्रो झुपडी नडढोस
(आगो-page-7 )
विशेषत: सामाजिक तिक्तता, मानसिक गरीबता, चेतानात्मक जर्जरता र यथास्थितिवादको बिरुद्धमा आन्दोलित मनहरु यसरी आगो निल्दै काव्यमा जुलुस गर्छन भने अर्को तर्फ आजको नेपाली कविता काब्य र बांमयलाई क्रान्तिको निमित्त क्रान्ति र परिवर्तनको निमित्त परिवर्तन औ सिर्जनाशिलाताको निमित्त सिर्जना हुनुपर्छ भन्ने दाबी गर्दै आजका कुठाराघात कुसंस्कारको अवयवलाई तहसनहस गर्न उद्वेलित देखिन्छ l
....फल नलाग्दै
हाँगा लाछारिदिनेको कमि छैन
अनि अब भन्नै पर्छ
मेहनती कलम किसानहरु !
रोप अक्षरका बीउहरु समयको संघारैभरि
अबको स्वस्थ अक्षरी अनाजले
हाम्रा सन्तानको औसत आयु लम्ब्याउनु पर्छ
तिनका चेतना हृष्टपुष्ट बनाउनुपर्छ
युगिन फल दिने अक्षरको मुल्य समयले तोक्नेछ
(कलम किसानहरु-page-17)
औसत कविताहरु बोलचालका सरल भाषाले उनिएका-बुनिएकाछन् l
विश्व मै महिला लेखकहरुको न्युनतम सहभागिता, त्यहिँमाथि नेपाली महिला लेखकहरुको माझ यो हस्ताक्षरलाई प्राज्ञिक रुपमा भेट्दा सिङ्गो नेपाल र नेपाली साहित्यले गर्ब गर्नु पर्दछ l
'सिमा भंजन हुँदैछन्', 'एक रात माग्दैछु','प्रेमपत्र' आदि कविताहरु नोष्टाल्जिक रुपले बहुत कलात्मक र लाठे लाग्छन l मुलत : दर्शनाधारित कविताहरुको मुद्धा नै संसार परिवर्तनमा विशिष्ठ चिन्तनको दम्भी हुंकार र प्रगतिशील अभिब्यन्जना आयामिक चिन्तन र क्रियाशील विवेचनाको लालित्यमय दर्शनसौन्दर्यशास्त्र कविताहरुमा छेलोखेलो भेटिन्छ l
व्यंग्यलाई कलात्मक रुपले बिमोचन गरिएका धेरै कविताहरु पठनीय-मननीय छन् l
साँघुरो कुवामा बन्दी
अपांग भ्यागुताहरु
स्वतन्त्र 'सागर' देखेर अतालिन्छन
(अनाम हरफहरु -page-39)
तिम्रो इसारामा लाचार भई
सकिनसकी
म नाचेकिछु
तर नबिर्स
यहि नचाईले
तिमीलाई ' बचाएकी ' छु
र
बाँचेकीछु आफैं
अ साप
तिमी सपेरा
तिम्रो र मेरो फरक चिनारी
(चिनारी-page-62)
उत्तर आधुनिक चिन्तन-लेखन,सहअस्तित्ववादको गवेषण र पूर्वीय मीमांसाको बिमोचन एवं प्राकृत मीथकको उत्खनन पनि सङ्ग्रहभित्र अलिमिट भेट्न सकिन्छ lप्रस्तुतिमा केहि किसोरावास्थाका कविता पनि नभएका होइनन l
आजका यी कविताका आवाजहरु युगौंसम्म हामीलाई झक्झक्याएर् आन्दोलित गर्नेछन lब्युँताउनेछन् lयहि पाटोमा यो दीप्स शाहकृत 'आगो' एक अजम्मरी नेपाली कबिताकाशमा जाजल्यवान छ l
कुनै पनि सिर्जनाको पूर्णनाप र सीमास्तम्भ हुने सक्दैन lयो समिक्षात्मक लघुसमालोचना यो कृतिको पूर्ण तोक होइन lएक परिचयात्मक अभिव्यक्ति र एक पाठकीय काव्यिक शल्यक्रिया मात्र हो कबिताक्रम बाहेक बैसट्ठी पृष्ठमा बत्तीसवटा कवितालाई खगेन्द्र पन्धाक लिम्बूले आवरण,राम शाह 'राजा'ले प्रकाशन,विक्रम सुब्बाले सुभेक्षात्मक भूमिका लेखनको कार्य गरेकाछन् l यो सङ्ग्रह कविताप्रेमीबीच प्रिय हुनेछ भन्ने आशा गरेकोछु l
प्रथम संस्करण-२०६७
मूल्य-१००/नेरु (५ $)
----------------------------------------------------------------------------------------------------
सत्य- लघुकथा
अनौठो जाँगर
बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l
मैले धेरै दिनदेखि उसको चर्तिकला देखेकोछु lकहिलेकाहीं बटुवा कम हुँदा हात निकाल्छ lमैलोले चिलाएको जिऊ कन्याउँछ lदुई मिनट मै टोकरीको पैसा लुकाउँछ l घाम-पानी, धुवाँ-धूलो, हल्ला-भिड सबै सहेर तेत्रो कष्टमय जीवन काट्नु भन्दा आफ्नो योग्यता अनुरुप कुनै काम गरे त्यो भन्दा सहज र सुखी जीवन उसको नहुने प्रश्नै छैन lदिमाख छैन भनौ तेत्रो ठगेर खान जानेकोछ lदिमाख छ भनौं किन तेत्रो दुर्दशा भोग्ने पर्यो र ?
एकदिन मेरो सकसकलाई उनले जवाफ दिए-'काम गर्न अल्सी लाग्छ l 'मैले सोचें -होइन कस्तो जाँगर हो त्यस्तो जीवन भोग्ने ?
_________________________________________________________________________
Short Analysis
मनु लोहोरुंगकृत एक गीतमा छोटो काब्य गवेषण
-------------------------------------खगेन्द्र पन्धाक लिम्बू
आज मनु लोहोरुंगकृत एक गीतमा सानो केरकार गर्ने ध्येय रह्यो l नोष्टाल्जिक पृष्ठभूमिमा निर्मित र सिर्जित गीतमा यसरि प्रबेस गरें !-
सागरको पानी देख्दा, घर-छेउको खोली सम्झें !!
घरि घरि छल्को उठ्दा, उनकै मिठो बोली सम्झें !!
सालाखाला बाह्य इन्द्रियले अनुभूत गरेर मात्र यस्तो तेस्रो-चौथो पत्रभित्रको सुसुप्त र गौण भावनाको आभाष प्राप्त हुनै सक्दैन l
ढुक-ढुकीमा खोजी रहेँ, सम्झनाको तरेलीमा l
मलाई भेट्न झरिन उनी, आँखाबाट परेलीमा l
मुहारको भीरै-भीर, उनीसंगै म नि झरें l
उर्ली झर्दा भावसंग, आँशु-तालमा एक्लै परें l
समुद्रको पानी र छालसंग जन्मघरको खोली देख्नु,आफ्नो र आफन्तको बोली भेट्नु,स्पन्दनको चापभित्र छाम्दा परेलीको डीलनेर अश्रुको रुपमा भेटिनु, निरस र एक्लिएको मुहारलाई भीर जस्तो कहाली लाग्दो देख्नु,आँसुको तालमा हजार तरंग उठे पनि आफुलाई एक्लो महसुस गर्नु,आदि जस्ता बिध्यमान एक्लो र निर्जनताको चपेटाले स्थायी र अन्तरासम्म पिडा र नियlस्रोले गीतको पात्रलाई गांज्नु-गांजेकोछ l
साहसले पौडिएर, निस्कें फेरि किनारामा l
सोचें ! यस्तै होला सबै, हाँसो खुसी संसारमा l
तरंग ति सल्बलाउँदा, सकम्बरी रुप सम्झें l
तृष्णाले यो आँत सुक्दा, सदियौंकै कूप सम्झें
समस्याको उठान तड्पिएर शुरुवात गरी दोस्रो अन्तरामा पुगेर स्वसाहस र स्वधापले जीवनलाई उकास्न भरपुर कोशिस गरिएकोछ lमुक्तिको बाटो फेला पारिएकोछ l
गीत एउटा संघर्षमयी जीवन जस्तो दुरुस्त-तन्दुरुस्त भै बांचेकोछ l गीतको मोटामोटी भाव एति नै l
कला एस्तो होस् कि एति सानो साहित्यको शरीरमा पनि पुरा सागर अटोस, खोली अटोस, बोली अटोस, पोखरी, पहाड,भीर,तरेली,झरी,घाम-वर्षा,जीवन,जगत सबै अटोस, संसार अटोस !
साहित्यमा विम्ब र प्रतिकसंग गहिरो सम्बन्ध नगांसी,छैटौं इन्द्रियले अनुभूत गरेर नबोली र कल्पनl र भावनाको आयामिक यानमा नचढी लर्तरो यस्तो काव्यमय रचना तयार हुँदैन l
अब, गीतको आफ्नै गेयात्मक पक्ष छन् -यति, गति, भाव, अनुप्रास, यमक,गमक, मात्रा, भाषा र भाव प्रबाह इत्यादी lयी पनि गीतभित्र सबल रुपमा देखा पर्नुले गीतको ओजस्वी,उचाई र ब्यापकता अबर्णनीय छ lयो माथिको मनुजीको गीतको कुनै समालोचन र प्रतिक्रिया होइन lमैले यो गीतभित्रको भावभंगालोमा डुब्दा भेटेका मेरो पाठकीय अनुभूति मात्र हुन् l
एउटा असल सर्जकले सधैं यहि उचाईमा सिर्जना गर्न सक्छ कि सक्तैन ?भन्ने खुल्दुली अझै बाँकी नै छ l
______________________________________________________________________________